भारतीय सेनाध्यक्ष पाण्डेले भेटे प्रधानमन्त्री देउवालाई
खबर एक्सप्रेस
२०७९-०५-२१ ०५:०४ मा प्रकाशित
Total Shares: 180
काठमाडौं - भारतको स्थल सेनाका प्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।मंगलबार दिउँसो सिंहदरबार पुगेर पाण्डेले प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।
भेटमा प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच सैन्यरुपमा संसारकै फरक सम्बन्ध रहेको बताए । साथै, पाण्डेलाई मानार्थ महारथीको सम्मान प्राप्त गरेकोमा बधाई समेत दिएका थिए ।
प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँच दिने भ्रमणका लागि गत आइतबार आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनापतिको दज्र्यानी चिन्हसमेत प्राप्त गरेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस