जनताको नाम लिएर कांग्रेसले सदनमा कुण्ठा पोख्यो : केपी ओली
खबर एक्सप्रेस
२०८१-०१-०२ ०२:१५ मा प्रकाशित
Total Shares: 212
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस संसदीय मर्यादामा चल्न नसकेको आरोप लगाएका छन्।
आइतबार संसद भवन नयाँ बानेश्वरमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले कांग्रेसले आक्रोश र पीडाले जे पायो त्यही बोलिरहेको टिप्पणी गरे ।
सहमतिका साथ अघि बढ्न एमालेले समन्वयकारी काम गरेको भन्दै कांग्रेस तर्कमा आउन नसकेको ओलीले बताए ।
जनताको नाम लिएर कांग्रेसले सदनमा आफ्नो कुण्ठा पोख्ने काम गरेको भन्दै ओलीले उत्तेजना नभई संयमित ढंगले विधिअनुसार समाधान खोज्नुपर्नेमा जोड दिए ।
कांग्रेसको विरोधका कारण नभई बजेट तयारीका लागि अहिलेको अधिवेशन अन्त्य गरिएको उनको प्रष्टोक्ति थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस