बझाङ - बझाङको छबिसपाथिभेरा गाउँपालिका(७ मजखोरी मावि क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । उनी सोही वडाको बुडखोरीका ३० वर्षीय युवक हुन् । उनी तीन दिनअघि मात्रै भारतको बेङलोरबाट फर्किएका थिए ।

बेंग्लोरबाट फर्किएपछि क्वारेन्टिनमा बसेका उनले आइतबार राति झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनको पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।