काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि प्रहरी निरीक्षकको कमाण्डमा १० जना प्रहरी टोली परिचालन गरिएको छ। 

शुक्रबारबाट शान्तिपूर्ण राजनीतिमा आएको घोषणा गरेसँगै उनको सुरक्षाको लागि प्रहरी टोली परिचालन गरिएको हो । उनको सुरक्षा चुनौती मध्यनजर गर्दै सुरक्षा दिन थालिएको काठमाडौँ प्रहरी परिसर प्रमुख अशोक सिंहले जानकारी दिए। 

सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्दै उसका नेता कार्यकर्ताविरुद्ध दर्ता भएका सबै मुद्दा फिर्ता लिने निर्णय गरेसँगै विप्लव शान्तिपूर्ण राजनीतिमा आएको हो । विप्लवले शुक्रबार आयोजित सभामा सम्बोधन गर्दै सहमतिको तीन बुँदाको पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।