पजानिक बार्सिलोना र आर्थर युभेन्टसमा अनुबन्ध
खबर एक्सप्रेस
२०७७-०३-१५ ११:०२ मा प्रकाशित
Total Shares: 491
एजेन्सी - युभेन्टसका मिडफिल्डर मिरालेम पजानिकले बार्सिलोनासँग चार वर्षे सम्झौता गरेका छन् । ३० वर्षीय पजानिकले सोमबार सम्झौता गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तै, युभेन्टसले भने बार्सिलोनाका मिडफिलडर आर्थर अनुबन्ध गरेको छ । आर्थरले युभेन्टससँग पाँच वर्षको सम्झौता गरेका छन् । आर्थरका लागि युभेन्ट्सले पजानिकसँगै १० मिलियन युरो थप दिने बताइएको छ ।
बार्सिलोनाले पजानिकलाई केहि समय पहिले नै सम्झौता गरिसकेको थियो ।
पजानिकले यस सिजन युभेन्ट्सका लागि सबै खाले ३६ खेल खेलेका छन् । चार गोल र छ पास उपलब्ध गराएका छन् । आर्थरले भने बार्सिलोनाका लागि २८ खेल खेलेका छन् ।
फेसबुक पेज Like गर्नुहोस