घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७८-०४-१२ १२:३४ मा प्रकाशित
Total Shares: 220
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन मंगलबार तोलामा ३ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३ सय रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य स्थिर छ । सोमबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस