अहिलेसम्म करिब १३ हजारमा कोरोना परीक्षण, १६ जना संक्रमित
काठमाडौं - नेपालमा १६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १९ वर्षीया युवतीदेखि ८१ वर्षीया वृद्धासम्म गरी १६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । संक्रमित १६ मध्ये पहिलो पटक संक्रमित देखिएका एकजना निको भएर घर फर्किसकेका छन् भने १५ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।
अहिले सेती प्रादेशिक अस्पतालमा ५ जना, नारायणी अस्पताल वीरगन्जमा ४ जना, शुक्रराज अस्पताल टेकु, धौलागिरी अस्पताल बागलुङ र पाटन अस्पतालमा २-२ जना उपचारत रहेका छन् ।
डा. देवकोटाका अनुसार मंगलबारसम्म र्यापिड किट र पीसीआर विधिबाट १२ हजार ९०६ जनाको नमुना परीक्षण गरिएको छ । अहिले देशभरका क्वारेन्टाइनमा ५ हजार ७७१ को उपचार भइराखेको छ। ९९ जना बिरामी आइसोलेसनमा उपचाररत छन्।
फेसबुक पेज Like गर्नुहोस