वीरगन्ज - नारायणी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ११ जना महिला रहेका छन् ।

कन्ट्याक्ट ट्रेसिङको क्रममा गरिएको स्वाब परिक्षणमा थप ३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

संक्रमितमध्ये अधिकांश घण्टाघर, रानीघाट, घडिअर्वा क्षेत्रका छन् ।

अस्पतालका अनुसार वीरगन्ज घण्टाघरका ८ जना, रानीघाटका ६, घडिअर्वाका १२ जना रहेका छन् । बाँकी संक्रमितहरु पर्सां र बाराका विभिन्न क्षेत्रका रहेका छन् ।