काठमाडौं - प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको केन्द्रिय कार्यालय प्रिमियर भवनको सभा कक्षमा  साधारण सभा सम्पन्न भएको हो ।  

सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सूरेश लालले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए । कम्पनीले आ.व. २०७६/७७ मा कूल बीमा शूल्क १ अर्व ६९ करोड ७ लाख ४५ हजार आर्जन गरि खूद मूनाफा ३६ करोड ९९ लाख ४४ हजार आर्जन गरेको छ । 

सभाले कम्पनीको आ.व.०७६/७७ मा चूक्ता पुंजीको ११.०५ प्रतिशतले नगद लाभांश पारित गरेको छ । साथै कम्पनीको स्वतन्त्र संचालकमा जेसमिन हाडा बज्राचार्य र समुह ख अन्तर्गतको प्रतिनिधित्व गर्ने संचालक पदमा महेन्द्र बहादुर श्रेष्ठलाई नियूक्त गरेको छ ।