काठमाडौं - प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, शुक्रबार साँझ ५ः०० बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ मौज्दात छ ।

त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको डलर खातामा दुई करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा भएको छ ।

राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब निकासा गरिएको थियो ।