एट्लेटिको म्याड्रिडलाई शीर्षस्थानमा ६ अंकको अग्रता
काडमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा शीर्षस्थानको एट्लेटिको म्याड्रिडले पुनःरागमन जित हात पारेको छ । गएराति भएको खेलमा एट्लेटिकोले एथ्लेटिक बिल्वाओलाई २-१ले पराजित गरेको हो ।
एट्लेटिकोको मैदानमा भएको खेलको २१औं मिनेटमा इकर मुनिएनको गोलबाट बिल्वाओले अग्रता लिएको थियो । तर, उक्त अग्रता बिल्वाओले कायम गर्न सकेन ।
पहिलो हाफको इन्ज्युरी समयमा मार्कोस लोरेन्टेले गोल गर्दै खेललाई बराबरीमा फर्काए । ५१औं मिनेटमा लुइस सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए ।
जितसँगै एट्लेटिकोले शीर्षस्थानमा स्पष्ट ६ अंकको अग्रता लिएको छ । एट्लेटिकोको २६ खेलबाट ६२ अंक रहेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५६ अंक छ । पराजित बिल्वाओ भने ३३ अंकसहित आठौं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस