काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार १८० र एन्टिजेन विधिबाट २ हजार ४९७ जनामा परिक्षण गर्दा २१९ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २७ हजार २७१ र एन्टिजेनबाट ९६ हजार १३१ जना पुगेको छ ।  

यस्तै, आज थप २८३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १० हजार ७८० जना पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५८५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९०६ रहेको छ ।