नेपाल तटस्थ परराष्ट्रनीतिमा अडिग छ : प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०८१-१०-०७ ०७:२३ मा प्रकाशित
Total Shares: 47
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तटस्थ परराष्ट्रनीतिमा अडिग रहेको बताएका छन् ।
नेकपा एमालेको परराष्ट्र मामिला विभागद्वारा सोमबार आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले मुलुकुको स्वाधिनता, सार्वभौमसत्ताको रक्षा गर्दै बाह्य मुलुकसँग सम्बन्ध अगाडि बढाउनुपर्ने बताए ।
सत्तामा रहन जेसुकै निर्णय गर्ने र राष्ट्रिय हितलाई तिलाञ्जलि दिन तयार हुनेजस्ता स्तरहीन काम आफूबाट नहुने पनि उनले स्पष्ट पारे ।
फेसबुक पेज Like गर्नुहोस