एकलौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्का हुन सक्दैन : झलनाथ खनाल
खबर एक्सप्रेस
२०७७-१२-१३ ०४:५८ मा प्रकाशित
Total Shares: 279
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले २०७५ जेठ २ गते अघिको अवस्थामा फर्किए एकढिक्का हुने बताएका छन् ।
शुक्रबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गरेको एकलौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्का हुन नसक्ने बताएका हुन् ।
‘एकलौटी निर्णय फिर्ता लिएर २०७५ जेठ २ गते अघिको अवस्था सिर्जना नगरिए पार्टी एकढिक्का हुन सक्दैन ।’ खनालले बैठकमा भने ।
उनले पार्टी एकता जोगाउन ओलीलाई आग्रह पनि गरेका छन् । उनी अहिले बैठकबाट बाहिरिसकेका छन् ।
फेसबुक पेज Like गर्नुहोस