काठमाडौं - प्रतिनिधिसभाको बैठक भोलिका लागि आह्वान गरिएको छ।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि प्रतिनिधिसभा बैठक बस्ने निर्णय गरेको हो।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीसँगै आएको गेग्रानका कारण भोटेकोशी नदीको बहाव एकाएक बढ्दा नदी आसपासका बस्ती, सडक, पुल तथा जलवद्युत् आयोजनामा क्षति पुगेको थियो।
भदौ १० गते नै प्रतिनिधिसभाको बैठक बसेको थियो। त्यसपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक भोलि पुनः बस्ने भएको हो।
भोलिको बैठकमा महाविपद्बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ। उक्त प्रस्तावमाथि सबै दलका नेताहरूले धारणा राख्नेछन्।

.gif)


