सबल र जीवन्त संसद् बनाउने प्रयास निरन्तर रहनेछ: सभामुख घिमिरे
काठमाडौं-प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सबल र जीवन्त संसद् बनाउने प्रयास निरन्तर रहने बताएका छन् ।
प्रतिनिधि सभाको सभामुख चयन भएको एक वर्ष पुगेको अवसरमा धन्यवाद ज्ञापन व्यक्त गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
उनले विधि निर्माण, सरकारको निगरानी, नागरिक अधिकारको संरक्षण र लोकतान्त्रिक मूल्य मान्यताको सुनिश्चितताका लागि सबल र जीवन्त संसद् बनाउने प्रयास निरन्तर रहने बताए ।
‘प्रतिनिधि सभाको गरिमामय सभामुख पदमा निर्वाचित भएको एक वर्ष पूरा भएको छ । जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने जनप्रतिनिधिहरुको सर्वोच्च संस्था संसद्को नेतृत्व गरेपछिको एक वर्ष साथ, सहयोग र सुझाव प्रदान गर्नुहुने सरकार, राजनीतिक दल, माननीय सदस्यहरु, संघीय संसद् सचिवालय, विभिन्न संघ संस्था, विज्ञ लगायत सबैमा धन्यवाद ज्ञापन गर्दछु,’ उनले जारी गरेको धन्यवाद ज्ञापन पत्रमा उल्लेख छ ।

.gif)


फेसबुक पेज Like गर्नुहोस