हालाण्डले जिते गोल्डेन ब्वाई अवार्ड
खबर एक्सप्रेस
२०७७-०८-०६ ११:२१ मा प्रकाशित
Total Shares: 338
काठमाडौं,एजेन्सी - जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा स्ट्राइकर एर्लिङ हालाण्डले गोल्डेन ब्वाई अवार्ड जितेका छन् ।
सन् २०२० मा २१ वर्ष मुनिका उत्कृष्ट खेलाडी बन्दै हालाण्डले गोल्डेन ब्वाई अवार्ड जितेका हुन् । अवार्ड जित्ने क्रममा हालाण्डले जाडोन सान्चो, अल्फान्सो डेभिस, मासन ग्रीनउड र अन्सु फातीलाई पछि पारे ।
यस अवार्ड सन् २००३ बाट दिँदै प्रदान गरिदैँ आएको छ । गत वर्ष पोर्चुगलको युवास्टार जोआ फेलिक्सले यस अवार्ड जितेका थिए । गत सिजन डर्टमण्ड आएका हालाण्डले २०१९/२० को सिजन ४४ गोल गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस