काठमाडौं - सरकारले कोरोना भाइरसको संक्रमणका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीका कारण विदेशमा रोजगारी गुमाएका, भिसा अवधी सकिएका, विदेशमा अलपत्र परेका नागरिकहरुलाई स्वदेश फर्काउनका लागि आवश्यक रकम विनियोजन गरेको बताएका हुन् ।

विदेशबाट फर्किएका युवाहरुलाई स्वरोजगार बनाउनका लागि समेत सरकारले बजेट विनियोजन गरेको छ ।