सुशान्त सिंहका भाइमाथि गोली प्रहार
खबर एक्सप्रेस
२०७७-१०-१८ १२:३६ मा प्रकाशित
Total Shares: 981
काठमाडौं, एजेन्सी - दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतका भाई राजकुमार सिंह र उनका सहयोगीमाथि गोली प्रहार भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान ११ः३० बजे बिहारको सहरसामा उनीहरुमाथि गोली प्रहार भएको हो । गोली लागेर उनीहरु गम्भिर घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
सरहसामा यामहा कम्पनीको मोटरसाइकल शोरुम चलाउँदै आएका राजकुमार सिंह आफ्ना सहयोगी अली हसनका साथ शोरुम जाने क्रममा उनीहरुमाथि मोटरसाइकलमा आएका तीन जना अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस