काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओेलीको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएसँगै विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्  । 

 प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा राष्ट्रपतिसमक्ष संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् ।