सुर्खेत - कर्णाली प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कार्यरत स्वास्थ्यकर्मीमा सोमबार संक्रमण पुष्टि भएको अस्पताल स्रोतले बताएको छ ।

अस्पतालमा उपचाररत ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ४२ जना स्वास्थ्यकर्मीमा गरिएको परिक्षणमा पाँच जनामा पोजेटिभ देखिएको हो ।

उनीहरुलाई अस्पतालकै आईसोलेशन वार्डमा राखिएको बताइएको छ । संक्रमितमध्ये ४ जना प्रयोगशालामा कार्यरत र एक जना भने एक्सरे कक्षमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन्।