काठमाडौं-जनमत पार्टीले संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउतलाई चयन गरेको छ । 

आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकबाट सर्बसम्मतरुपमा राउत दलको नेतामा चयन  भएका हुन् । 

यस्तै, दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज सोमबार पुनः १० बजे बैठक बोलाइएको छ ।

राउत सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतान्तरले पराजित गर्दै सांसद बनेका हुन् । सो पार्टीमा राउत प्रत्यक्ष र अन्य समानुपातिक गरी ६ सांसद छन् ।