काठमाडौं - भारतको सिक्किम सरकारले फिल्म कबड्डी–४ को प्रदर्शनमा रोक लगाएको छ । जनता र विभिन्न संघसंस्था र संगठनहरूको भावनालाई ख्याल गर्दै सिक्किमले सो फिल्म प्रदर्शनमा रोक लगाएको हो । 

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्शनमा रोक लगाउने निर्णय गरेको बताएका छन् । 

यसअघि बौद्धधर्मको मानमर्दन हुने दृश्य र कथा समावेश गरिएको भन्दै रोविन कुमार लामाले कबड्डी–४ को प्रदर्शन तत्काल रोक्न र पछि दृश्य र शब्द काँटछाँट गर्न माग गर्दै चलचित्र जाँच समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहितलाई विपक्षी बनाएर उजुरी दर्ता गरेका छन् ।