काठमाडौं - प्रहरीले सन्तोषी सुब्बाको हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ । दक्षिणकालीमा मंगलबार मृतावस्थामा भेटिएकी सुब्बाको हत्या अभियोगमा सिन्धुपाल्चोक स्थायी ठेगाना भएका एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेको आरोपित सुरेश तिमल्सिनालाई बिहीबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

विभिन्न पशुपंछीहरु लगायतको आवाज निकालेर सामाजिक संजालमा भाइरल बनेकी महिला सुब्बाको शव बुधबार दक्षिणकालीमा भेटिएको थियो । सुब्बाको अनुहार नचिनिने अवस्थामा थियो । 

सुब्बाको शव प्रहरीले दक्षिणकाली परिसरस्थित ट्वाइलेटमा भेट्टाएको थियो । उनको शव टाउकोमा गह्रो वस्तुले हिर्काएको अवस्थामा भेटिइएको हो ।

सन्तोषी कालोपुलमा धर्म बुबा भनिने धर्मबहादुर तामाङसँग बस्दै आएकी थिइन् । सन्तोषी विभिन्न चराको आवाज निकाल्न सक्थिन्। उनले ६५ भन्दा बढी आवाज निकाल्थिन्।