काठमाडौं - काठमाडौंमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

गोरखा बारपाक सुलिकोट-८ स्थायी ठेगाना भएकी ६३ बर्षीया महिलाको सोमबार बिरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

क्यान्सरबाट पीडित ती महिलामा भदौ २५ गते संक्रमण पुष्टि भएको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।