एम्बाप्पेको गोलमा पीएसजी विजयी
काठमाडौं,एजेन्सी - केलियन एम्बाप्पे प्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा लोरियन्टलाई हराएको छ ।
गएराति पीएसजी घरेलु मैदानमा भएको खेलमा लोरियन्टलाई २–० गोल अन्तरले हराएको हो ।
पीएसजीको जितमा एम्बाप्पे र मोइस केनले समान एक एक गोल गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलमा अग्रता भने एम्बाप्पले दिलाएका थिए ।
खेलको ५१ औं मिनेटमा डिबक्सभित्र फल गरेपछि पाहुना टोलीका एन्ड्रयु ग्रेवियल रातो कार्ड मैदान बाहिरिएका थिए । प्राप्त पेनाल्टीमा गोल गर्दै फ्रान्सेली स्टारले पीएसजीलाई अघि बढाएका थिए । केनले ६१ औं मिनेटमा गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे ।
जितसंगै पीएसजीले १५ खेलबाट ३१ अंक जोडेको छ । पीएसजीले शीर्ष स्थानको लिलीसंगको दुरी १ अंकमा झारेको छ । लोरियन्ट ११ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस