काठमाडौं - गायक तथा कलाकार प्रशान्त तामाङलाई मातृशोक परेको छ । प्रशान्तकी आमाको दार्जीलिङस्थित घरमै निधन भएको हो ।

आमाको निधनबारे प्रशान्त स्वयंमले सामाजिक सञ्जालबाट जानकारी दिएका हुन् । यद्यपी, उनले कहिले निधन भएकोबारे भने प्रशान्तले खुलाएका छैनन् ।

प्रशान्त ‘ईण्डियन आइडल २००७’ का विजेता हुन् । गायनसँगै उनी कलाकार समेत हुन् । उनी अभिनित चलचित्र ‘गोर्खा पल्टन’ सफल चलचित्र हो ।