काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तको घटनाबारे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई ध्यानाकर्षण गराएका छन्। ।

‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते तीन वर्ष पुग्यो। प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ आज ट्वीट गर्दै शर्माले भनेका छन्। । 

कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको आज ३ वर्ष पुगेको छ। तर हत्यामा संलग्न रहेकाको पहिचान गरी कारबाहीको दायरामा ल्याइएको छैन।