काठमाडौं - बर्दियामा जंगली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय बर्दियाको अनुसार शुक्रवार राति खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट लाग्दा ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको मृत्यु भएको हो । 

हाल धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाहीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।