कति छ आज सुनको भाउ ?
खबर एक्सप्रेस
२०७८-०१-२१ ११:२९ मा प्रकाशित
Total Shares: 370
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा २ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ९० हजार १ सय रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर एक हजार ३ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस