विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारै जना पदाधिकारीलाई बर्खास्त गर्ने
काठमाडौं - विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारैजना पदाधिकारीलाई बर्खास्त गर्ने प्रक्रिया थालिने भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र प्रतिष्ठान शुद्धीकरण अभियानबीच उक्त सहमति भएको हो ।
प्रतिष्ठान शुद्धीकरण अभियानका अभियन्ताले उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरुप्रसाद खनाल, रजिस्ट्रार मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक गौरीशंकर साहले अनियमितता गरेको आरोप लगाउँदै उनीहरुलाई पदबाट हटाई छानविन गर्नुपर्ने माग राखेको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेललगायत तीन सदस्यीय टोली र संघर्ष समिति संयोजक डा. एसपी रिमालले ६ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिसँगै संघर्ष समितिले अस्पतालमा रोकेका सेवाहरु सुरु गर्ने भएको छ । संघर्ष समितिमा आवद्ध चिकित्सकसहितका स्वास्थ्यकर्मीले आकश्मिकबाहेकका सबै सेवा बहिष्कार गरेर आन्दोलित भएका थिए । विपी प्रतिष्ठानमा राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरु अनियमिततामा मुछिएका थिए। यसअघिका पदाधिकारीहरूलाई पनि भ्रष्टाचार मुद्दा लागेको थियो भने बहालवाला पदाधिकारी पनि अनेक अनियमितताका काण्डमा मुछिएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस