लेस्टरसँग हार्यो टोटेनहम
खबर एक्सप्रेस
२०७७-०९-०६ ०७:५९ मा प्रकाशित
Total Shares: 296
काठमाडौं, एजेन्सी - ईङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनहम हट्सपरलाई हराएको छ ।
आईतबार राति टोटेनहमको घरेलु मैदानमा लेस्टरले टोटेनहमलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफको ईन्जुरी समयमा जेमी भार्डीले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई अघि बढाएका थिए । खेलको ६० औं मिनेटमा बल जोगाउने क्रममा टोटेनहमका डिफेन्डर टोबी एन्डेविरेल्डले आत्मघाति गोल गरेका थिए ।
जित सहित लेस्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टोटेनहम २५ अंक सहित चौथो स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस