प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप, प्रहरीले चलायो गोली
मकवानपुर - मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा दुईजना घाइते भएका छन् । एक प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एकजना घाइते भएका हुन् ।
प्रहरीचौकी पदमपोखरीबाट खटिएको प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि लागुऔषध सेवनकर्ताले गएराति बञ्चरो प्रहार गर्दा प्रहरी सहायक निरीक्षक तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड गोली चलाउँदा हेटौँडा उपमहागरपालिका–१२ हात्तीगौँडा निवासी १९ वर्षीय सनिस घाइते भएका छन् । दुवै घाइतेको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौंडाका २४ वर्षीय सञ्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका दुई जना र गोली लागेका तितुङ यसअघि लागुऔषध, ज्यान मार्ने उद्योग तथा चोरीसम्बन्धी विभिन्न आपराधिक घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस