काठमाडौं - पूर्वप्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी कारागार मुक्त भएका छन् ।

शान्ति मिसनमा सुडान जाने प्रहरीको बन्दोबस्ती सामान खरिद भ्रष्टाचार मुद्दामा एक वर्ष कैद सजाय भुक्तान गरी उनी बिहीबार जेलमुक्त भएका हुन् ।

उनी डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् । एक वर्ष कैद ४० हजार रुपियाँ जरिवाना बुझाएर उनी जेलमुक्त भएको डिल्लीबजार कारागार कार्यालयले जनाएको छ ।

सर्वोच्च अदालतले यूएन शान्तिमिसन अन्तर्गत सुडानका लागि बन्दोब‚ती सामग्री खरिदमा भएको भ्रष्टाचार मुद्दामा पूर्वमहानिरीक्षकत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र ठकुरीसहित उच्च प्रहरी अधिकारीमाथि काराबास सजायको फैसला सुनाएको थियो ।

सो फैसला कार्यान्वयनका लागि पूर्वमहानिरीक्षक चन्दले २०७६ साल असारमा अदालत समक्ष आत्मसमर्पण गरेका थिए । सोही मुद्दाका प्रतिवादी राणा र गुरुङले यसअघि नै जेल सजाय कटाइसकेका छन् । 

गोरखापत्र दैनिकबाट