युरोपा लिग : अन्तिम ३२ बाटै घर फर्कियो आर्सनल
काठमाडौं - अवे गोलमा पछि परेपछि लण्डन क्लब आर्सनल युइएफए युरोपा लिगको राउन्ड अफ ३२ बाटै घर फर्किएको छ । बिहीवार राति घरेलु मैदानमा ग्रीसको ओलम्पियाकोससँग २–१ ले हारेसँगै आर्सनल अन्तिम ३२ बाटै घर फर्किएको हो ।
समग्रमा २–२ गोलको बराबरी भएपनि ओलम्पियाकोसका लागि अवे गोल भाग्यशाली सावित भयो । ओलम्पियाकोस अवे गोलको मद्दतले अन्तिम १६ मा पुगेको छ । पहिलो लेगमा आर्सनलले १–० को अवे जित निकालेको थियो । दोस्रो लेगमा ओलम्पियाकोसले २–१ को जित निकाल्दा महत्वपूर्ण दुई अवे गोल गर्न सफल भएको थियो ।
इमिरेट्स स्टेडियममा बिहीवार राति प्रतिस्पर्धात्मक बनेको पहिलो हापमा गोलरहित बराबरीमा टुगिंएको थियो । ५३औं मिनेटमा पपु एबोउ सिसेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।
त्यसपछि दुवै टोलीले अवे गोल गरेका कारण खेल १–१ गोलको बराबरी हुँदा खेल अतिरिक्त समयमा धकेलिएको थियो । ११३औं मिनेटमा कप्तान पिएरे इम्रिक आवामियाङले गोल गर्दै आर्सनललाई २–१ को अवस्थमा ल्याए । इन्ज्युरी समयमा सम्हालिन नसक्दा आर्सनलले १२०औं मिनेटमा गोल खाएपछि आर्सनलको यात्रामा पूर्णविराम लाग्यो । ओलम्पियाकोसका युसेफ अल अरवीले महत्वपुर्ण अवे गोल गर्दै २–१ को जितसहित प्रि–क्वार्टरफाइनलको यात्रामा उभ्याए ।
उता, युक्रेनको क्लब सख्तर डोनेत्स्कले पोर्चुगलेको बेन्फिकालाई समग्रमा ५–४ ले हराउँदै अन्तिम १६ को यात्रा तय गरेको छ । दोस्रो लेगको खेल ३–३ गोलको बराबरीमा टुंगिएपनि सख्तरले पहिलो लेगमा लिएको २–१ को अग्रताले भाग्य खोलेको हो ।
फेसबुक पेज Like गर्नुहोस