चीन सरकारले नेपाललाई दियो थप १६ लाख डोज कोरोना खोप
खबर एक्सप्रेस
२०७८-०७-१७ ०४:३८ मा प्रकाशित
Total Shares: 247
काठमाडौं - चीन सरकारले कोरोना भाइरसविरुद्ध सिनोफार्मले उत्पादन गरेको १६ लाख डोज खोप नेपाललाई सहयाेग गरेकाे छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयाेजित एक कार्यक्रमकाबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अनुदान सहायता स्वरूप थप १६ लाख डोज खोप हस्तान्तरण गरेकी हुन् ।साे अवसरमा चिनियाँ राजदूत यान्छीले नेपालको कोभिडविरूद्धको अभियानमा चीन सरकारले सक्दाे साथ दिने प्रतिबद्धतासमेत जनाएकी छन् ।
हालसम्म चीन सरकारले नेपाललाई ३४ लाख सो खोप अनुदान सहायताको रूपमा उपलब्ध गराएको छ भने नेपालले पनि चीनबाट कोभ्याक्स कस्ट सेयरिङअन्तर्गत ५९ लाख डोज खरिद गरिसकेकाे छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस