जथाभावी फोहोर फाल्नेलाई सीसीटीभीबाट खोजेर कारबाही हुन्छ : मेयर बालेन
खबर एक्सप्रेस
२०७९-०५-०८ १०:५१ मा प्रकाशित
Total Shares: 206
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जथाभावी सडकमा फोहोर फाल्नेलाई कारबाही गर्ने बताएको छन्।
बुधबार नेपाल प्रहरीले आयोजना गरेको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मेयर शाहले बाटोमा जथाभावी फोहोर फाल्नेलाई सीसीटीभीबाट निगरानी गरेर कारबाहीको दायरामा ल्याइने बताएका हुन् ।
‘फोहोर मैला व्यवस्थापन गाह्रो भएको छ। हामी प्रहरीसँग सहकार्य गरेर सिसीटिभी फुटेजका आधारमा राति राति फोहोर फाल्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ ।’ उनले भने । जथाभावी फोहोर फाल्नु अपराध भएको उनको भनाई छ । काठमाडौं उपत्यकाको सबै फोहोर केही दिनभित्रै उठिसक्ने पनि उनले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस