काठमाडौंको वायु प्रदूषण अझै एक साता नघट्ने,मानव स्वास्थ्यमा उच्च जोखिम
काठमाडौं - पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरको वायु निकै खराब स्तरमा पुगेको छ । गर्मी मौसम बढेसँगै वायु प्रदूषण बढेको हो । काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) निकै अस्वस्थ्यकर बिन्दुमा पुगेको छ । वायु प्रदूषण विज्ञहरूका अनुसार अझै एक हप्ता प्रदूषणमा सुधार नहुने देखिएको छ ।
वायु प्रदूषणका कारण काठमाडौं उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’मा शुक्रबार बिहानसम्म प्रदूषित शहरमा काठमाडौं विश्वभर पहिलोमा छ । सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कानुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको संकेत गर्छ । काठमाडौंको एयर क्यालिटी इनडेक्स २०० भन्दा माथि छ ।
जलवायुविद् डा. धर्मराज उप्रेतीले पश्चिमी वायु कमजोर हुँदा वर्षा हुन पनि नसकेको र हावासमेत चल्न नसक्दा प्रदूषण थुप्रिएर वायु प्रदूषण बढिरहेको बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस