प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाए संसद चल्न नदिने विपक्षीको अडान
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 35
काठमाडौं - प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा आगामी वर्षको बजेको बारेमा छलफल हुने कार्यसूची रहेको छ।
तर, प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्त तातिएको छ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त भनाइप्रति कडा आपत्ति जनाउँदै सदनदेखि सडकसम्म आन्दोलन सुरु गरेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालगायतका दलहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको घोर भत्र्सना गरेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस