कोरोना परीक्षणमा नेपालको अवस्था राम्रो
खबर एक्सप्रेस
२०७७-०३-०२ ०७:५७ मा प्रकाशित
Total Shares: 412
काठमाडौं - एसियाली राष्ट्रमध्ये नेपालमा भइरहेको कोरोना परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ ।
विश्वभर कोरोना भाइरस सङ्क्रमणको तथ्याङ्क अपडेट गर्दै आएको वल्र्डमिटरले नेपालको कोरोना परीक्षण दर जापान, थाइल्यान्डभन्दा अगाडि रहेको देखाएको छ ।कोभिड–१९ बारे ताजा तथ्याङ्क दिने वेबसाइट वल्र्डमिटरका अनुसार प्रति १० लाख जनसङ†ख्यामा नेपालले नौ हजार ७४५ जनाको कोरोना परीक्षण गरिहेको छ । जुन सार्क मुलुकमा अरूकोभन्दा राम्रो हो ।
छिमेकी देश भारतमा १० लाख जनसङ†ख्यामा तीन हजार ६७० जनाको परीक्षण भएको छ । तथ्याङ्कले जापान, थाइल्यान्ड र पाकिस्तानभन्दा पनि नेपाल अगाडि देखिएको छ ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस