जनकपुरधाम - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अशोक यादव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई धम्क्याएको तथा गालीगलौज गरेको आरोपमा यादव पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार २०८२ साल असारमा तत्कालीन एसपी खड्कालाई गालीगलौज तथा धम्की दिएको आरोपमा यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता भएको थियो ।
मुद्दा दर्तापछि यादव फरार रहँदै आएका थिए । सोही मुद्दामा उनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

.gif)


