बार्सिलोनाको सहज जित
काठमाडौं,एजेन्सी - बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । गएराति भएको समूह एचको खेलमा बार्सिलोनाले हंगेरीको एफटीसीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान, ब्रेथवेट र डेम्बेलेले एक/एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता बार्सिलोनालाई ग्रिजम्यानले दिलाएका थिए । जोडी अल्बाको पासलाई सदुपयोग गर्दै ग्रिजम्यानले १४ औं मिनेटमा बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
२० औं मिनेटमा ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । खेलको २८ औं मिनेटमा डेम्बेलेले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमै बार्सिलोनालाई ३–० को सहज अवस्थामा पुर्याएका थिए ।
दोस्रो हाफमा थप गोल हुन सकेन । बार्सिलोनाले समूह विजेताका लागि अर्को हप्ता युभेन्ट्ससंग खेल्दैछ । बार्सिलोना १५ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । हंगेरीको क्लबको मात्र एक अंक छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस