काठमाडौें - २४ घण्टामा दुई हजार नौ सय ८१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख २१ हजार आठ सय २४ पुगेको छ ।  

 त्यस्तै नेपालमा कोभिड–१९ (कोरोना भाइरस)का सङ्क्रमितको सङ्ख्या एक लाख ६२ हजार तीन सय ५४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार एक हजार नौ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा आठ हजार दुई सय ४८ जनाको नमुना सङ्कलन भएको हो । 

अब नेपालमा ३९ हजार ६ सय ४३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै दुई हजार आठ सय ८९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ सय ८७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।