काठमाडौं - भ्रष्टाचार नियन्त्रण गर्नका लागि स्थापना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजबाट ३४ औँ वर्षमा प्रवेश गरेको छ ।

सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक निकाय हो । टङ्गालमा रहेको आयोगको कार्यालयमा सुशासन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गरि ३४ औँ स्थापना दिवस मनाइँदै छ । आज मनाइने कार्यक्रमको प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेललाई आमन्त्रण गरिएको आयोगले जनाएको छ ।

नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्नेगरी अधिकार प्रदान गरेको छ । आयोगको ३४ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०÷८१ मा आयोग र मातहतका कार्यालयमा २६ हजार नौ सय १८ उजुरी र गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका नौ हजार दुई सय ६८ गरी ३६ हजार एक सय ८६ उजुरीमध्ये कूल २७ हजार सात सय १४ फछ्र्यौट भएका छन् ।