ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल
काठमाडौं, एजेन्सी - इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्राइटनसँग साविक विजेता लिभरपुलले बराबरी खेलेको छ ।
गएराति ब्राइटनको घरेलु मैदान फाल्मर स्टेडियममा लिभरपुलले १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । खेलको ६० औं मिनेटमा लिभरपुलका डिओगो जोताले गोल गरे । अन्तमा खेल सकिनै लाग्दा इन्जुरी समयमा ब्राइटनले पेनाल्टीको अवसर प्राप्त गर्यो ।
उक्त अवसरलाई ब्राइटनका पास्कल ग्रोबले खेर जान नदिई ब्राइटनलाई हारबाट जोगाए । बराबरीसँगै लिभरपुलको १० खेलबाट २१ अंक रहँदा तालिकाको शीर्ष स्थानमा रहेको छ ।
एक खेल कम खेलेको टोटेनहमको २० अंक रहेको छ । आज टोटेनहमले चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ । यता ब्राइटनको १० खेलमा १० अंक रहँदा तालिकाको १६ औं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस