कांग्रेसले बागमती मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने
खबर एक्सप्रेस
२०८०-१२-१८ ०४:०१ मा प्रकाशित
Total Shares: 112
काठमाडौं,हेटौंडा-नेपाली कांग्रेस बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जमकट्टेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आज काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री जमकट्टेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टीका सम्पूर्ण प्रदेश सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस