आरजुलाई गगनकाे जवाफ: एनजीओमा काम गरेको अनुभव छैन
खबर एक्सप्रेस
२०८०-०४-०८ ०६:४० मा प्रकाशित
Total Shares: 108
काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई एनजीओको बारेमा थाहा नभएको बताएका छन् ।
सोमबारको केन्द्रीय समिति बैठकमा नेतृ आरजु राणा देउवालाई जवाफ फर्काउँदै थापाले आफूसँग एनजीओको अनुभव नभएको बताएका हुन् ।
‘साथीहरूले कार्ययोजना एनजीओको विसलिस्ट जस्तो छ भन्नुभयो । मैले एनजीओमा काम गरेको अनुभव छैन,’ उनले भने ।
यसअघि आरजुले केन्द्रीय समिति बैठकमा महामन्त्री थापाको कार्ययोजना एनजीओको ‘विसलिस्ट’ जस्तो लागेको बताएकी थिइन् ।
फेसबुक पेज Like गर्नुहोस