काठमाडौं - पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस परिक्षण सुरु भएको छ ।

अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा संक्रमण देखिएपछि र्‍यापिड टेस्ट सुरु गरिएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।

बुधबार बिहान देखि सुरु गरिएको परिक्षणमा ब्लक 'ए' मा रहेका २ सय ४२ जनाको परिक्षण गर्न लागेको प्रमुख थापाले बताए । सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।