मन्त्रीको लापरबाहीले घटना भयो, कारबाही गर्नुपर्छ : गगन थापा
खबर एक्सप्रेस
२०८०-०९-१६ १२:५१ मा प्रकाशित
Total Shares: 95
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको आरोप लगाएका छन् ।
सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले ज्वालाको चरम लापरबाहीको कारण घटना भएको बताएका हुन् ।
‘त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै जानु त्यो जबर्जस्ती हो । चरम लापरबाही हो । मन्त्रीकाे लापरबाहीकै कारणले ठूलो दुर्घटना भयो ।’ उनले भने ।
लापरबाही गर्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने थापाले बताए ।
फेसबुक पेज Like गर्नुहोस