काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवको राजीनामा अस्वीकृत भएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले यादवले दिएको राजीनामा अस्वीकृत गरेका हुन् । 

यादवले भदौ २३ गते सभापति देउवालाई राजीनामा बुझाएका थिए । तर देउवाले राजीनामा अस्वीकृत गर्दै महाधिवेशन सम्बन्धी बाँकी काम गर्नसमेत यादवलाई आग्रह गरेको बताइएको छ ।